माध्यामि शिक्षा परीक्षाको पहिलो दिन कोहलपुर लक्ष्मि माविमा दप्ति खोसेपछि ………….

आजवाट शुरु भएको माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन बाँकेको कोहलपुर स्थित लक्ष्मि मा.वि. केन्द्रमा विद्यार्थीहरुको सहजताकालागि प्रयोग गरिदै आएको दफ्ति खोसिएपछि परीक्षार्थीहरुमा शुरुमै आतंकको भाव सिर्जना भएको छ । दफ्ति प्रयोग गर्न पाउने नपाउनेबारे अनभिज्ञ रहेका विद्यार्थीहरु गेट प्रबेशका लागि जाँदै गर्दा प्रयोग गर्न नपाउने भन्दै दफ्ति खोसिएपछि विद्यार्थीहरु अव के के नै हुन्छ भन्दै आतंकित भएको विद्यालय हाता वाहिर रहेका अभिभावकहरुले गुणासो ब्यक्त गरेका छन ।

यस विषयमा बुझदा लक्ष्मि मा.वि.का प्रधानाध्यापक तथा केन्द्राध्यक्ष समेत रहेका जय बहादुर विष्टले दफ्ति प्रयोग गर्न नपाउने भन्दै परीक्षा हलमा लिन नदिएको स्विकारेका छन । उनले उत्तर पुस्तिका नै बाक्लो हुने भएकाले दफ्ति लिन बन्देज लगाएको जिकिर गरेका छन । यद्यपि नियम संगत रुपमा केहि नलेखेको दफ्ति भने लैजान मिल्ने शिक्षा विकास तथा समन्वय ईकाई बाँके प्रमुख राम सुरेश यादवले दावि गरेका छन । लिन नमिल्ने हो भने बाँकेका ८ पालिकामै यो नियम लागु हुनुपर्ने हो त्यहा लक्ष्मि माविमा के भएको रैछ म बुझ्छु संक्षिप्त प्रतिक्रिया दिंदै यादवले भने ।

कोहलपुरमा १० केन्द्रमा संचालित एसईई परीक्षा केन्द्र मध्य बाँकि ९ केन्द्रमा निर्वाध दफ्ति प्रयोग गरिएको छ भन्दै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईले लक्ष्मि माविमा गरिएको घटनाप्रति आफनो ध्यानाकर्षण भएको बताउदै दफ्ति लिएर परीक्षाहलमा प्रबेश पाउने ब्यबस्थाकालागि पहल गर्ने बताएका छन ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले परीक्षालाई मर्यादित र शान्तिपुण एबं भएरहित वातावरण क्रियट गर्ने समन्वयकारी भुमिका मात्र नगरको रहेको भन्दै जिल्लाबाटै सञ्चालित परीक्षा भएकाले आफनो क्षेत्राधिकार वाहिरको कुरा बोल्न नमिल्ने बताएका छन ।

विद्यार्थी नेता तथा अनेरास्वयियुका केन्द्रिय सदस्य सुमन घिमिरेले हामीले समेत दफ्ति प्रयोग गर्दै आएको हो यो नयाँ नियम कहाबाट आयो यदि केन्द्रध्यक्षले आफैले यो नियम लादेको भए अनेरास्ववियु चुप लागेर नबस्ने भन्दै आज अंग्रेजी बिषयको दिनमा विद्यार्थीहरुलाई उत्साहित र हौसला दिनु पर्नेमा दफ्ति खोसेर मनोवल गिराउने कार्य गलत भएको बताएका छन । भय रहित बातावरणमा बिद्यार्थीलाई परीक्षा दिने बाताबरण हुनुपर्छ घिमिरे थप्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »