भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य छुट्टाछुट्टै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको र दुबैको कोठाको बाहिरबाट ताल्चा लगाईएको अवस्थामा भेटिएको छ ।

कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »