बाँकेको हवलदारपुरमा ट्राफिक सचेतना, स्थानियलाई सडकमै बनाईयो सचेत

बिकल भट्टराई

कोहलपुर,बाँके बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवलदारपुरमा राम मा.वि हवलदारपुर र चौधरीया चोकमा ट्राफिक सचेतानाको कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय सडक यात्रु तथा विद्यालय जाने आउने नागरिकहरुलाई सडकमै जेव्रा क्रस तथा सडक सुरक्षाकाबारे सचेत गराईएको ट्राफिक प्रहरी सहायक निरिक्षक मदन मातरले कोहलपुर ग्यालरी डट कमलाई बताएका छन ।

उनले विद्यालय जाने वालवालिकाहरुलाई ट्राफिक सचेतानाकाबारे दिएको ज्ञानले उनीहरुको परिवार र समाजमा समेत सकारात्मक सन्देश प्रवाह हुने भएकाले विद्यालयमा अध्यनरत वालवालिकालाई नै बढि फोकस गरि ट्राफिक सचेतानाका कार्यक्रमहरुलाई निरन्तरता दिईदै आएको बताए ।
कोहलपुरका स्वयंसेवी, स्थानिय अगुवा तथा ट्राफिक प्रहरीको सक्रियतामा राम मा.वि.का अलावा चौधरीया चोकमा समेत सडक सुरक्षाका वारे प्रर्बचन दिईएको थियो । नजिकै जेव्रा क्रस हुदा हुदै जथाभावि बाटो काटिरहेका केहि नागरिकहरुलाई अन द स्पट ट्राफिक नियम सिकाईएको थियो भने जेब्रा क्रस देखि देखि स्पिड नियन्त्रण नगर्ने सवारी साधनलाई समेत सडकमै रोकेर बाँचौ र बचाऔं भन्ने खाले सन्देश प्रवाह गरिएको थियो ।


स्वयमसेवक लेखराज उपाध्याय, प्रहरी सहायक निरिक्षक मदन मातर, प्रेस चौतारी नेपाल कोहलपुर नगर अध्यक्ष प्रमोद रिजाल, पत्रकारहरु, राम माविका विद्यार्थीहरु, अभिभावक हवलदारपुर प्रहरी विटका प्रहरी सहायक निरिक्षक कुल वहादुर बम अन्य सकल दर्जाहरु तथा स्थानियहरुको सहभागितामा आयोजित सडक सुरक्षा सम्बन्धित ट्राफिक सचेतना कार्यक्रम छोटो समयमा मिठो सन्देश दिन सफल भएको स्थानियवासिहरुले प्रतिक्रिया दिएका छन ।
उनीहरुले ग्रामिण स्तरका निरक्षर नागरिकहरुलाई अवको समयमा ट्राफिक सचेतनाका कार्यक्रमहरु अनिवार्य भईसकेको भन्दै स्थानिय सरकार, गैर सरकारी संस्था तथा अभियान्ताहरुले गाउ गाउमा पुगरे सडक दुर्गटना सम्बन्धि सचेतनाका कार्यक्रमहरु चलाउन अनिवार्य भईसकेको औंल्याएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »