ईलाका प्रहरी कार्यालय कोहलपुरले २७ वार्षिय उर्मिला चौधरिको हत्यारालाई २ दिनमै पक्राउ गरेको छ ।
मिति २०८०।११।१८ गते बिहान करिब ७:०० बजेको समयमा जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ५ स्थित बनकट्टी देखि जिगाँउ जाने भित्री पक्की बाटो किनारामा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका वडा नं ९ बनगाई बस्ने बर्ष २७ की उर्मिला चौधरीको शव फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएको र सुक्ष्म रूपमा अनुसन्धान गर्दा निज उर्मिला चौधरीलाई कोहलपुर नगरपालिका वडा नं २ मुक्तिनगर बस्ने बर्ष ४५ को राम सिंह थारुले मिति २०८०।११।१७ गते रातीको समयमा घाटी थिची मारेको खुल्न आएको र निज राम सिंह थारुलाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अगाडि बडाईएको ईलाका प्रहरि कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारिले बताउनु भएको छ।
कोहलपुर प्रहरिको सफलता दुई दिनमै उर्मिला चौधरीको हत्यारा पक्राउ