काेहलपुर नगरपालिकाका युवा (भिम बाहादुर राेकाय, पुरूषाेत्तम शर्मा, विजय अार्चाय, जेम्स मुर्मू, विमल वली, विकास न्याैपाने, गाैरव सुबेदी) राम जानकी पुस्तक पसल र Aimlife consultancy काे सहयाेगमा अाफ्नाेे खाजा खर्च वचत गरि रुकुम पश्चिम जिल्लाकाे अाठविसकाेट नगरपालिका वडा नंः१३ र १४ का भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

छ जना शिक्षकहरू मध्ये बाट पुरूषाेत्तम शर्माले भूकम्प पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्य उद्घाटन गर्नु भएको थियो र वितरणका लागि जनविकास मा वि टाकुराका प्र अ दिपक सगंम थापाले सहजिकरण गर्नुभएको थियाे ।६ जना शिक्षकहरू र राम जानकी पुस्तक पसलAimlife consultancy काे सहयाेगमा रुकुम पश्चिम जिल्लाकाे अाठविसकाेट नगरपालिका वडा नंः१३र १४ मा विभिन्न १२ वटा विद्यालयका करिब १ हजार विद्यार्थीलाई अत्यावश्यक शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
युवा टोलीले प्रभावित विद्यार्थीहरुलाई कापी, कलम, पेन्सील,इरेजर, सापनर, चेस, शब्दकोष, नेपालकाे झण्डा भलिवलकाे नेट, भलिवल तथा साना बालबालिकाहरूका लागि खेल सामाग्री लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गरेका छन् ।
पुरूषाेत्तम शर्माले अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिनु भयाे ।

छ जना शिक्षक युवाले ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले अाफ्नाे खाजा खर्च वचत गरेर जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको बताएका छन् ।
