अनेरास्ववियु बाँकेले विज्ञप्ती निकाल्दै सरकार संग मन्त्री ज्वालाको बर्खास्तको माग गरेको छ

अनेरास्ववियु बाँके जिल्ला कमिटिले आज एक बिज्ञप्ति जारी गर्दै बेरोजगारीले छट्पटीएका नेपाली युवा जो रोजगार अनुमति प्रणाली (EPS) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका थिये उनिहरुको
मिति २०८० पौष १३ मा बालकुमारी ललितपुरमा गरेको आन्दोलनको क्रममा EPS परीक्षा दिन गएका सुजन राउत र बिरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको सत्य तथ्य छानविन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटना घटेको र उक्त प्रतिबेदन बुझाइएको ४ दिन बितिसक्दा पनि सरकार मौन बसेकोमा अनेरास्ववियु बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ । अविलम्ब मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउन अनेरास्ववियु बाँकेले सरकारसँग जोडदार माग गरेको छ साथै यस घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथनकाउन तथा यस प्रकारका घटनालाई गम्भिरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिएको छ । दोसीहरू उपर कार्बाही नगरिए अनेरास्ववियु बाँकेले आन्दोलनको आदिबेरी सिर्जना गर्ने र यसको जिम्मेवारी सम्बन्धि निकायले लिनुपर्ने कुरा पनि बिज्ञप्ती मार्फत ध्यानकेन्द्रीत गराएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश बिकले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »