अनेरास्ववियु बाँकेको जिल्ला अधिबेशन बाट प्रकाश विश्वकर्मा को अध्यक्षतामा ३७ सदस्यीय कमिटी सर्बसमत चयन

आज सम्पन्न अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।

नेकपा (एमाले) काे भातृ संगठन अनेरास्ववियुकाे आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द ठकुरि र केशर शाही र कोषाध्यक्ष बर्सा मल्ल चयन हुनु भएको छ।
अनेरास्ववियु बाँकेका तत्कालीन जिल्ला कमिटी अध्यक्ष दिनेश केसी केन्द्रीय कमिटीमा निर्वाचित भएपछि करिब एक वर्षसम्म आयाेजक कमिटीको संयाेजक भएर नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनकाे नेतृत्व गर्दै आउनु भएको थियो । करिब २ दशक बाँके जिल्लामा विद्यार्थी राजनीतिमा क्रियाशील विश्वकर्मा अन्य विद्यार्थी संगठनकाे दाँजोमा अब्बल नेतृत्वकर्ताकाे रूपमा परिचित हुनु हुन्छ ।
करिब एक वर्षमा संयाेजककाे भुमिका रहेर जिम्मेवारी निर्वाह गरेको अनुभव र विगतको साँगठनिक अनुभवले अब बाँके जिल्लामा विद्यार्थी हक, अधिकारी र सामाजिक परिवर्तन आफुले संगठनकाे विधि परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । उहाँ संयाेजक भएकै समयमा अनेरास्ववियुले बाँके जिल्लामा ५ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ३ वटामा अध्यक्ष सहित बहुमत र एक क्याम्पसमा अध्यक्ष बाहेक बहुमत सहित निर्वाचित भए छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »