यहि मिति श्रावण १२ र १३ गते बर्दिया ठाकुरबाबा नगरपालिका भुरिगाउ मा हुँदै गरेको अनेरास्ववियु बर्दिया जिल्लाको २० औ जिल्ला अधिबेशनमा सचिब पदको बलियो उम्मेदवारको रुपमा लक्ष्मी प्रसाद न्यौपाने देखिएका छन । उनी बिगत लामो समय देखि बिद्यार्थी राजनिती गर्दै आएका न्यौपाने बिद्यार्थी माझ निकै लोकप्रिय रहेका छ्न । उनले जिवन ज्योति मावि गुटु सुर्खेत इकाइ कमिटी को अध्यक्ष बाट आफ्नो बिद्यार्थी राजनीति सुरु गर्दै २०७६ सालमा बर्दियाको जनसेवा बहुमुखी क्याम्पसको अनेरास्ववियु सस्थापक अध्यक्ष हुँदै २०७७ सालमा बार बर्दिया नगर कमिटि सचिवको रुपमा काम गर्दै अनेरास्ववियु बर्दिया जिल्लाको दुई कार्यकाल सदस्य पनि भएका हुन ।२०७९ सालको स्वबियु निर्वाचनमा जनसेवा बहुमुखी क्याम्पसमा तिन दलिय गठबन्धन लाई हराउदै दोब्बर मत सहित स्वबियु निर्वाचन विजय भएका न्यौपाने ग्रेटर नेपाल को नक्सा स्ववियु कार्यालयमा राख्ने देश कै पहिलो विद्यार्थी नेता पनि हुन । उनी निरन्तर बिद्यार्थी माझ रहने उनको समस्या समाधान गर्ने साथै अन्य गतिविधि हरुमा पनि सधै अग्रस्थानमा खटिने गर्दछ्न ।त्यसैले अहिले बिद्यार्थी नेता , पार्टी नेता र आम बिद्यार्थी हरुले पनि उनी जत्तिकै काम गर्ने मैदानमा खटिने ब्यक्तिले अनेरास्ववियु बर्दिया जिल्लाको सचिब भएर काम गर्ने हो भने संगठन लाई अजै अगाडि लग्ने र बिद्यार्थीको हक हितका लागि सधै लागि पर्ने बताउछ्न । न्यौपाने चुनाब भएमा पनि आफू निर्वाचन प्रक्रिया मार्फत जान पनि तयार रहेको बताउनु भएको छ ।
अनेरास्ववियु बर्दिया जिल्ला सचिब पदका बलियो उम्मेदवार लक्ष्मी प्रसाद न्यौपाने