कोहलपुर पुरानो बसपार्कमा यातायात कार्यालयको शाखा उद्द्घाटन
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको टर्मिनल भवनमा लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यातायात कार्यालयको शाखा कार्यालय उद्घाटन गर्नुभएको छ। यो शाखा कार्यालयबाट नागरिकहरूलाई निम्न सेवाहरू उपलब्ध गराइनेछ: यस कार्यालयको स्थापना पछि स्थानीय नागरिकहरूले यातायात सेवाका लागि लामो यात्रा गर्नुपर्नेस्थितिको अन्त्य भई सहजता हुने विश्वास गरिएको छ।