भोटेकोशी बाढीपीडितको सहयोगमा कोहलपुर बागेश्वरी ई.मि स्कुलको २ लाख ७३ हजार आर्थिक सहयोग

कोहलपुर । मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रस्तुत गर्दै कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी ईङ्लिस मिडिएम स्कुलले भोटेकोशी बाढीपीडितका लागि २ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिँदै विद्यालयले एन–प्याप्सन बाँके जिल्ला मार्फत चेक हस्तान्तरण गरी उक्त रकम सहयोग गरेको हो।

शिक्षासँगै सामाजिक सेवा र मानवीय सहयोगमा समेत अग्रसर रहँदै आएको विद्यालयको यो पहल प्रशंसनीय र प्रेरणादायी बनेको छ। विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवता, सहयोग र सामाजिक जिम्मेवारीको भावना विकास गराउने दिशामा विद्यालयले देखाएको सक्रियता उदाहरणीय रहेको छ।

विद्यालयका सञ्चालक विष्णु केसीले भोटेकोशी बाढीपीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिनुभयो। विपद्को घडीमा पीडितको साथमा उभिँदै सहयोगको हात बढाएको कोहलपुर बागेश्वरी ईङ्लिस मिडिएम स्कुलको यो कार्यले सामाजिक सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »