कोहलपुर न्युरोड चोकमा आजदेखि ट्राफिक लाइट सञ्चालन

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत न्युरोड चोकमा बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्दै सवारी आवागमन सहज बनाउन जडान गरिएको ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ।

ट्राफिक लाइट सञ्चालनसम्बन्धी कोहलपुर नगरपालिकाको सभा हलमा आज अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक बाँकेका प्रमुख कनक बहादुर शाही कोहलपुर नगरपालिकाका नगर प्रहरी,तथा ट्राफिक लाइट जडान गर्ने प्राविधिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ट्राफिक लाइट, सडक लेन र ट्राफिक संकेतसम्बन्धी जानकारी तथा प्रशिक्षण दिइएको थियो।

जिल्ला ट्राफिक बाँकेका अनुसार सुरुवाती चरणमा पिक आवरअन्तर्गत बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म न्युरोड चोकमा ट्राफिक लाइट सञ्चालन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »