कोहलपुर, २४ असार — कोहलपुर नगरपालिका वडा नं. ४ स्थित किरणनाला नजिकैको कि.नं. ७७ को सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भौतिक संरचना नगर प्रहरीले हटाएको छ। उक्त कार्यप्रति सामाजिक सञ्जाल र युट्युब च्यानलहरुमार्फत धार्मिक सद्भाव बिथोल्ने आशयले फैलाइएका भ्रमपूर्ण सामग्रीप्रति कोहलपुर नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।
नगरपालिकाका अनुसार पूर्वपश्चिम राजमार्गसँग जोडिएको सार्वजनिक जग्गामा टिका शाही र गंगा शाहीले नगरपालिकाबाट कुनै स्वीकृति नलिई सिमेन्ट र इँटा प्रयोग गरी संरचना बनाउँदै थिए। स्थानीयवासीको उजुरीका आधारमा नगर प्रहरीको टोलीले मिति २०८२ असार २४ गते उक्त संरचना भत्काएर निर्माण कार्य रोकिएको हो। यसअघि पनि मौखिक तथा लिखित रूपमा पटकपटक आग्रह गरिए पनि अटेर गरिएकाले बाध्य भएर उक्त कदम चालिएको नगरपालिका स्पष्ट पार्दछ।
यो प्रकरण नयाँ नभई २०७७ सालमा सर्वदलीय बैठक र नागरिक समाजले सार्वजनिक जग्गा सुरक्षित गर्न पहल गरिसकेको थियो। २०८१ मंसिर ५ गते नगरपालिका स्वयंले पनि पत्र पठाई संरचना नबनाउन अनुरोध गरिसकेको थियो।
नगरपालिकाले विशेष रूपमा केही युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत धार्मिक सद्भावलाई असर पुग्ने गरी भ्रमपूर्ण प्रचारप्रति खेद व्यक्त गर्दै यस कार्यमा वडाध्यक्ष मुवारक अलि गुजरको धर्मलाई जोडेर गरिएका टिप्पणीहरूलाई पूर्णतः निन्दनीय बताएको छ।
नगरले स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम सार्वजनिक जग्गा, भवन, सम्पदा र पूर्वाधारको संरक्षण गर्नु आफ्नो जिम्मेवारी भएको स्मरण गराउँदै बहु-धार्मिक र बहु-सांस्कृतिक कोहलपुरमा सद्भाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।
अन्त्यमा, कोहलपुर नगरपालिकाले कुनै पनि भ्रमपूर्ण प्रचारप्रसार र धार्मिक सद्भाव भड्काउने प्रयत्नमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

I enjoyed FNF Catnap Sleep Well more than expected. The track has good momentum and the page loads into the mod nicely.
Anyone into Friday Night Funkin should give Catnap Sleep Well FNF a look. It has a solid mix of music, timing, and style.