कोहलपुर-१३ बाल शिक्षा माविका विद्यार्थी अब पिउनेछन् शुद्ध र चिसो पानी!

कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–१३ स्थित बाल शिक्षा माध्यमिक विद्यालय, भरैयाका विद्यार्थीहरुले अब विद्यालय प्रांगणमै शुद्ध र चिसो पानी पिउन पाउने भएका छन्। करिब १ लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरिएको वाटर कुलर विद्यालयलाई हस्तान्तरण गरिएको छ, जसले विद्यार्थी र विद्यालय परिवारलाई ठूलो राहत दिएको छ। केही समय अघिसम्म पानी नहुँदा विद्यार्थीहरुलाई नजिकैको झोलुङ्गे…

Read More

बाँकेको खजुरामा कुखुराको मासु खाँदा १३ जना बिरामी

बाँके | खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना एकैपटक बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू १३ गते राति ८ बजे पुलाउ, कुखुराको मासु र राजमा खाएपछि बिरामी परेका हुन् । बिरामीहरूमा झाडा, पखाला, उल्टी, ज्वरो र रिङ्गटा लाग्ने समस्या देखिएको छ । उनीहरूमध्ये एकै परिवारका ७ जना र केही बालबालिका पनि…

Read More

धान खेतमा चट्याङ लाग्दा राप्तिसोनारीमा एक महिलाको मृत्यु, दुई घाइते

बाँके — आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लालपुरमा धान रोप्ने क्रममा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चट्याङ लागेर दाङ तुलसीपुर–११ की ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको हो। उनी माइती घर राप्तीसोनारी–४ मा धान रोप्न गएकी थिइन्। सीता सहित २४ वर्षीया निर्मला थारु…

Read More

अन्तरजातीय बिहेका कारण विभेद, बुवाको काजकिरिया नै अलग्गै गर्न बाध्य खजुराका अर्जुन

खजुरा:बाँकेको खजुरा गाउँपालिका–३ बिगाउ ७८ नम्बरमा ४९ वर्षीय अर्जुन अधिकारीले बुवाको काजकिरिया गर्ने बेलामा घरमा छिर्न पाएनन् । अन्तरजातीय विवाह गरेको भन्दै परिवारले घरमा प्रवेश नै गर्न नदिएपछि उनले छुट्टै बुबाको काजकिरिया गरेका हुन् । अधिकारी दम्पती किरिया बसेको ठाउँमा १३ दिनसम्मै आफन्त तथा छिमेकी कोही पनि पुगेनन् । अर्जुनका ६५ वर्षीय बुबाको क्यान्सरका कारण…

Read More

बाँकेमा एसइईमा चार जिपिए ल्याउने एकजना मात्रै, कोहलपुरकि सृजना

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका…

Read More

SEE मा ४ GPA ल्याउँदै बाल विद्या बोर्डिङकी सृजना डिसीले कोहलपुरको नाम चम्काइन्

कोहलपुरमा अवस्थित बाल विद्या बोर्डिङ स्कुलकी छात्रा सृजना डिसीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा पूर्ण ४.०० GPA ल्याएर ऐतिहासिक सफलता हात पार्न सफल भएकी छन्। उनको यो उपलब्धि हालसम्म बाँके जिल्ला र कोहलपुर क्षेत्रबाट प्राप्त भएको सबैभन्दा उच्च नतिजा हो, जसले उनलाई कोहलपुर–बाँकेकै इतिहासमा नाम चम्काउने विद्यार्थी बनाएको छ। उत्कृष्ट मेहनत, अनुशासन र…

Read More

कोहलपुरमा पहिलो पटक ९औं जेसिआई एकेडेमीको भव्य सुरुवात

नेपाल जेसिजको आयोजना तथा कोहलपुर जेसिजको आतिथ्यतामा जेसिआई नेपाल एकेडेमी कोहलपुरमा सुरु भएको हो। तिनदिन सम्म संचालन हुने कार्यक्रममा कोहलपुर नगरपालिका कि उपप्रमुख तथा प्रमुख अतिथि संगिता सुबेदीले पानसमा बत्ति बालेर कार्यक्रम समुद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहलाई सम्बोधन प्रमुख अतिथि सुबेदीले ”नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम कोहलपुरमा सुरुवात हुनु कोहलपुर नगरको लागि गौरवको कुरा भएको…

Read More

कोहलपुरमा कर नीतिविरुद्ध सुनचाँदी व्यवसायीको प्रदर्शन, अनिश्चितकालीन बन्द घोषणा

बाँके — अब्यवहारिक कर नीतिको विरोधमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा बाँकेको कोहलपुरमा विरोध प्रदर्शन गरिएको छ। कोहलपुर बजारको मुख्य chowk हुँदै व्यवसायीहरू नाराबाजीसहित विरोध ¥यालीमा उत्रिएका थिए। उनीहरूले “करको नाममा ठगी बन्द गर”, “व्यवसायीको शोषण होइन संरक्षण चाहिन्छ”, “अब्यवहारिक कर नीति खारेज गर” भन्ने…

Read More

दुर्घटना न्यूनीकरणका लागि दाङ तुलसीपुरमा विद्यालय सवारी चालकलाई ट्राफिक प्रशिक्षण”

तुलसीपुर, दाङ —सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, दाङको विशेष पहल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेसनल प्याब्सन) दाङ शाखाको सहकार्यमा ट्राफिक सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२ साल असार १२ गते सम्पन्न उक्त कार्यक्रममा दाङका विभिन्न विद्यालयहरूमा कार्यरत करिब ३५ जना विद्यालय सवारी चालकहरू र अन्य…

Read More

“बाँकेमै पहिलोपटक: कोहलपुरमा दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक परीक्षण तथा सचेतना अभियान प्रारम्भ”

कोहलपुर, बाँके — सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कोहलपुर–११ नयाँ बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा यातायात व्यवस्था कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट बच्ने उपायहरूबारे जानकारी दिइएको…

Read More
Translate »