एलिना चौहानको भावुक स्ट्याटस: “हाम्रो सम्बन्धमा पूर्णविराम लागेको छ”

पोस्टमा एलिनाले लेखिन्,“प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै…

Read More

सुर्खेत बाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना : घाईते ३९ जनाको खुल्यो परिचय

सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना हुँदा ३९ यात्री घाइते भएका हुन् । उनिहरुको उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको…

Read More

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकेको कोहलपुर नगरपालिका–११ को अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित छ। संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रधानमन्त्री ओलीलाई…

Read More

सल्यानमा महोत्सवस्थलमा आगलागी, तीन करोड बढीको क्षति

सल्यान —सल्यानमा माघ १८ गतेदेखि सञ्चालिक सांस्कृतिक महोत्सव स्थलमा भिषण आगलागी भएको छ । शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवस्थलमा शनिबार राति ११ बजेतिर आगलागी भएको हो आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएको लाखौं मूल्य…

Read More

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २४ घाइते,२ गम्भिर

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो…

Read More

जाजरकोटकी नैनसरा गिरि सम्पर्कविहीन, माइती पक्षद्वारा खोजीका लागि अपिल

जाजरकोट, माघ १७ – जाजरकोट जिल्ला छेडागाड नगरपालिका-५ बडाबनकी ३३ वर्षीया नैनसरा कुमारी गिरि आफ्नै घरबाट सम्पर्कविहीन भएकी छन्। माघ १७ गतेदेखि बेपत्ता भएकी उनी घरका सम्पूर्ण गरगहना, मोबाइल तथा अन्य सरसामान छोडेर हिँडेपछि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। नैनसरा गिरीका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। तर उनले खोजी कार्यमा कुनै…

Read More

जीवन ज्योती स्कुलका विद्यार्थीद्वारा शैक्षिक सामग्री वितरण

कोहलपुर-१० स्थित जीवन ज्योती स्कुलका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर-१, कौशिलानगरमा अवस्थित जन ज्ञान ज्योती माविका कक्षा ५ सम्म अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। शिक्षालाई सरल र प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम जीवन ज्योती स्कुलको Socio-Eco Club को संयोजनमा सम्पन्न भएको…

Read More

नेपालगञ्जमा पहिलोपटक ‘ट्राफिक लाइट’को नियम लागू

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ। नेपालगञ्जमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न पाँचवटा मुख्य चोकहरूमा ट्राफिक लाइटको नियम लागू गरिएको छ। धम्बोझी चोकमा गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारीसाधनचालक र यात्रुहरूले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए यहाँ…

Read More

नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनिता आचार्य नियुक्त

नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनीता आचार्य नियुक्त भएकी छन्। त्रिभुवन विश्व विद्यालय कार्यकारि परिषदले माघ २३ गते आचार्यलाई नियुक्त गर्ने निर्णय भएको थियो । त्रिभुवन विश्व विद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत नेपालगन्ज नर्सिङ्ग क्याम्पसको नेतृत्वमा आचार्यलाई माघ २४ गते देखि लागुहुने गरी नियुक्त गरिएको छ । त्रिभुवन…

Read More

कोहलपुरमा भूमिहीनलाई लालपूर्जा वितरण अन्तिम चरणमा

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण प्रक्रिया अगाडि बढाउन नगर प्रमुखको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नापी कार्यालय, भूमि समस्या समाधान आयोग, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा निम्न बुँदाहरूमा छलफल भयोः बैठकमा नगर प्रमुखले लालपूर्जा…

Read More
Translate »