हिमालय रोडिज सिजन-६ का उपविजेता अर्विन चन्द ठकुरीलाई बाँकेमा भव्य स्वागत

कोहलपुर, बाँके – लोकप्रिय रियालिटी शो हिमालय रोडिज सिजन-६ का उपविजेता अर्विन चन्द ठकुरीलाई गृह जिल्ला बाँकेमा भव्य स्वागत गरिएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी ठकुरीले आफ्नो साहस, धैर्यता र संघर्षका कारण फाइनलसम्मको यात्रा तय गर्दै नेपालभर आफ्नो पहिचान स्थापित गर्न सफल भएका थिए। उनले उपविजेता बनेसँगै १ लाख रुपैयाँ नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

उनी कोहलपुर फर्किएपछि स्थानीय समुदाय, शुभचिन्तक तथा समर्थकहरूले फूलमाला र बाजागाजासहित भव्य स्वागत गरेका थिए।

अर्विनको सफलताले कोहलपुर र बाँके जिल्लालाई राष्ट्रिय स्तरमा चिनाएको छ। स्थानीयहरूले उनलाई बधाई दिँदै आगामी दिनमा अझै ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »