मोटरसाइकल दुर्घटनामा कोहलपुरले गुमायो एक असल शिक्षक हरि अधिकारी

मोटरसाइकल दुर्घटनामा परी कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरी प्रसाद अधिकारीको मृत्यु भएको छ।बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ गैर चोक नजिकै दुई वटा मोटसाइकल एकआपसमा ठोकिँदा कोहलपुर ८ पिपिरि बस्ने वर्ष ४५ को हरी प्रसाद अधिकारीको मृत्यु भएको हो ।

शुक्रबार पश्चिम बाट पूर्व तर्फ आइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र पूर्व बाट पश्चिम तर्फ गइरहेको भे ७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

सोही दुर्घटना परी अर्का मोटरसाइकल चालक बर्दियाको बारबर्दिया नगरपालिका १ बस्ने वर्ष ३४ को धन सिंह बूढा घाइते भएका छन्। उनको टाउको, अनुहार र दुवै हातमा चोट लागेको छ । अवस्था भने माध्यम रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »