कोहलपुर मदनचोकमा तीज विशेष एकल नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न
कोहलपुर ।मदनचोक बजार व्यवस्थापन समितिको आयोजना तथा कोहलपुर बागिना कला केन्द्रको व्यवस्थापनमा तीज विशेष एकल नृत्य प्रतियोगिता–२०८२ (भाद्र १० गते) कोहलपुर–३, मदनचोकमा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसि (नमुना) प्रमुख अतिथि रहनु भएको थियो भने कोहलपुर नगरपालिका–३ का वडा अध्यक्ष माधव रिजाल विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी…