कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कुलको अभिभावक भेला भव्य रूपमा सम्पन्न


कोहलपुर, फाल्गुन ३० – कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलले विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको प्रगति तथा अभिभावक–विद्यालयबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ।


विद्यालयका संस्थापक महेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख रबिलाल मिजार तथा विशिष्ट अतिथि रामनारायण गुप्ताको उपस्थिति रहेको थियो। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकला ढकाल, टेकबहादुर सर लगायत अन्य अतिथिहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिजारले गुणस्तरीय शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई व्यवहारिक ज्ञान, अनुशासन र संस्कारसहितको शिक्षा प्रदान गर्न विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताए। उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षामा सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरे।


विशिष्ट अतिथि गुप्ताले विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अभिभावक भेला जस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने बताए। विद्यार्थीको शैक्षिक तथा नैतिक विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनले जोड दिए।


विद्यालयका संस्थापक तथा कार्यक्रमका अध्यक्ष कार्कीले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउँदै हाल करिब ४५० विद्यार्थी अध्ययनरत रहेको बताए। विद्यालयले गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ थियो।
कार्यक्रमको सञ्चालन कल्पना कार्कीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गतिविधिप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। अन्त्यमा अध्यक्ष कार्कीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक स्तर अझ प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »