कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलमा खेलकुद प्रतियोगिता २०८२ को भव्य उद्घाटन

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलमा खेलकुद प्रतियोगिता २०८२ भव्य समारोहका साथ उद्घाटन गरिएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको उत्साहजनक सहभागिता रहेको थियो।

Oplus_131072


उद्घाटन समारोहमा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी खेलकुदको औपचारिक सुरुवात गरिएको थियो। कार्यक्रममा आकर्षक मार्चपास, सांस्कृतिक प्रस्तुति तथा खेलाडीहरूको शपथ ग्रहणसमेत सम्पन्न गरिएको थियो।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताअन्तर्गत दौड, लङजम्प, हाईजम्प, फुटबल, भलिबल लगायतका विभिन्न खेल समावेश गरिएको छ।


विद्यालयले जनाएको अनुसार खेलकुद प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा विभिन्न तहका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्।


विद्यालयले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिँदै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »