तक्षशिला एकेडेमीको १० औं बार्षिक उत्सव उल्लासपुर्ण तवरले सम्पन्न
बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीले आफनो १० औं बार्षिक उत्सव उल्लासपुर्ण तवरले सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा आज बिहिवार बिशेष कार्यक्रमको आयोजना गर्दै तक्षशिला एकेडेमीले आफनो दशौं बार्षिक उत्सव सम्पन्न गरेको हो ।

स्थापनाकालदेखि फरक शैक्षिक सिकाई सिकाउने विद्यालयका रुपमाआफुलाई उभ्याएको विद्यालयले १० औं बर्षसम्म आईपुग्दा देशकालागि आबश्यक दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । आज विद्यालयमा बिबिध बैज्ञानिक प्रयोगका नमुनाहरुकासाथै पृथक सांस्कृतिक सम्पदा झल्किने सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै विद्यालयले आफनो गौरवपुर्ण १० औं बर्षगाठ मनाएको हो ।

सो अवसरमा विद्यालयमा आयोजित अभिभावकहरुविचको मैत्रिपुर्ण भलिवल, फुटसल, कुर्चि दौड तथा बेलुन फोडका उत्कृष्ठ खेलाडिहरुलाई सम्मान गर्नुकासाथै मेडल प्रमाण पत्र समेत प्रदान गरेको छ । विद्यालयले कोहलपुर क्षेत्रबाट सबैभन्दा बढि ९९ पटक रक्तदान गरेको भन्दै रक्तदानबाट परोपकार गरिरहेका समाजसेवी हेम कुमार रावतलाई समेत सम्मान गरेको छ । रावतलाई बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्वासे र कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले सम्मान गरेका थिए ।

विद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्वासेको अध्यक्षमा एवं सह प्रधानाध्यापक आशा सिंहको स्वागत मन्तब्यसंगै शुभारम्भ उक्त समारोहमा प्रमुख अतिथी एवं कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालय बन्न केवल भवन र भौतिक पुर्वाधार मात्रले पुर्ण नहुने भन्दै विद्यालयले अभिभावकलाई के उपलब्धि दियो र नानीबाबुहरुलाई कुन कला कौशल सिकायो भन्ने महत्वपुर्ण हुने वताए ।
उनले कला,सायित्य र खेल क्षेत्रमा लाग्ने बालवालिकाहरुको जिवनमा सधै प्रश्न चिन्ह नै हुने गरेको भन्दै त्यो क्षेत्रमा लाग्ने चर्चितहरुको अनुहार त प्रष्ट देखिन्छ तर उनीहरुको शंघर्ष नदेखिनेमा जोड दिए । विद्यालयमा प्रस्तुत भएका कला, साहित्य र बिज्ञान प्रदर्शनीको समेत उदघाटन गरेका प्रमुख अतिथी मिजारले पढेर जागिर नै गर्नुपर्छ भन्ने सामाजिक सोचप्रति इंगित गर्दै जागिरका अलावा खेल, साहित्य र संगित कलाले पनि विद्यार्थीहरुको भविष्य सुनिश्चित बनाउने माध्यम बन्न सक्ने थुप्रै उदाहरणहरु यहि समाजमा भएको वताए ।

विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपिराम वलिले वालवालिकाहरुको भविष्य निर्माण गर्ने अभिभारा विद्यालयले बोकेको चर्चा गर्दै अनुशासनका हरेक कक्षाहरु अभिभावकको कक्षाले नै पुर्णता दिनेमा विश्वास ब्यक्त गरे । उनले हामी दक्ष जनशक्ति कसरी उत्पादन गर्ने बिभिन्न टुल्सको खोजिमै छौं भन्दै यो १० बर्षको अवधिमा विद्यालयले देशका निम्ति असल र दक्ष जनशक्ति उत्पादन गरिसकेको चर्चा गरे । अहिले पुर्व विद्यार्थीका हैसियतले विद्यालयको कार्यक्रममा सहभागिता जनाएकाहरुबाट विद्यालयले उत्पादन गरेको जनशक्ति कुन दिशामा छन भन्ने कुराको पुष्टि गरेको जिकिर गरे

यसैगरि परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरका प्रमुख गोपाल के.सी.ले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्ध नै शैक्षिक सफलताको मूल आधार भएको बताए। यी तीन पक्षबीच तालमेल नहुँदा नतिजामा गिरावट आउन सक्ने चेतावनी दिँदै उनले तक्षशिला एकेडेमीले जिल्लाकै उत्कृष्ट विद्यालयको छवि कायम राखेको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक भिम बहादुर रोकायले विद्यालयको दशौं बार्षिक उत्सवमा विद्यालयको शैक्षिक श्रीबृतान्त सुनाउदै बैज्ञानिक, ब्यबहारीक र ब्यबसायीक शिक्षामा तक्षशिला एकेडेमी सदैब दत्तचित्त भएर लागि परेको कुरामा जोड दिए । तीन ‘ब’ नै हामीले दिने शिक्षाका तीन ‘ब’ अर्थात बैज्ञानिक, ब्यबहारीक र ब्यबसायीक शिक्षा हुन यसलाई निरन्तरता दिंदै विद्यालयले विद्यार्थीहरुको नविनतम सिकाईका निम्ति अडियो, भिडियो र स्माट वोर्डको समेत निरन्तर प्रयोगमा ल्याईरहेको चर्चा गरे । परिवर्तित समाज र परिवर्तित युगसापेक्ष शिक्षा प्रदान गर्नुपर्ने प्रमुख ध्यान विद्यालयको जाने कुरामा किमार्थ शंका नर्गन अभिभावकसमक्ष म वाचा गर्दछु तपाईको नानीबाबुले अंककै आधारमा असफल हुने छैनन कुनै न कुनै बिधामा हामी अब्बल बनाउँछौ र आफनो खुट्टमा आफै उभ्भिएर समाजको सफल ब्यक्ति हामी बनाउँछौं प्रधानाध्यापक रोकायले भने ।
पुर्व विद्यार्थीका तर्फबाट आफनो धारना राख्दै युवराज शर्माले आफु यहि विद्यालयको उत्पादन भएको र अहिले आफुले ईन्जिनेरिङ सकेर ईन्जिनियर भईसकेको उल्लेख गर्दै तक्षशिलामा अध्यनरत विद्यार्थीहरु हाल सम्म सतमार्गमा नै रहेको चर्चा गरे । यो सफलताको आधार मेरो तक्षशिला हो, यस्को श्रेय तक्षशिलालाई नै जान्छ आज म अतिथी भएर आफनै विद्यालयको कार्यक्रममा वोल्न पाउँदा गौरभान्वित भएको छु उनले आफनो भनाईलाई विट मार्दै भने ।
विद्यालयकी शिक्षिका टिका कुमारी शाहिले सञ्चालन गरेको कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख दान हिादुर हमाल, नमुना विद्या सदनका कार्यकारी निर्देशक शिव डाँगी, महेन्द्र क्याम्पस नेपालगञ्जका सह प्राध्यापक तेज वहादुर के.सि., बागेश्वरी बहुमुखि क्याम्पसका सह प्राध्यापक द्धय पुष्कर रिजाल र एकराज शर्मा, विद्यालयका वोर्ड सदस्यहरु भुपेस बिष्ट, रमेश गुरुङ, शिव रेग्मी, रुद्र सुवेदी,अभिभावक संघका अध्यक्ष टेक वहादुर बिरकट्टा, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयले आफनो विद्यालय परिवारलाई अतिरिक्त मनोरञ्जन दिने हेतुले कलाकार, डान्सर तथा मोडल नारायणि खत्रिलाई निम्ता दिंदै भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
दशौं बार्षिक उत्सव समारोहमा शिशु कक्षादेखि कक्ष ९ सम्मका वालवालिकाहरुले विविध सांस्कृतिक कला, भेषभुषा तथा जात जातिको पहिचान झल्किेने नृत्य समेत प्रस्तुत गरेका थिए ।