कोहलपुरका महेन्द्र बाठा संगीत बनाउँदै राष्ट्रिय स्तरसम्म

कोहलपुरकै उनी धेरै समय मुम्बईमा बसेर संगीतको अध्ययन गरे  र त्यहाँ चलचित्र जगतमा धेरै कामहरु पनि सिक्न पाए र नेपालमा आएर पनि उनले धेरै ठूलाठूला कम्पनीहरूसँग मिलेर संगीत बनाए । उनको संगीत विशेषगरी BGM  ब्याकग्राउन्ड म्युजिक धेरै नै विज्ञापनहरूमा र निकै चर्चित चलचित्रहरूमा पनि हामीले सुनिरहेका छौं

लामो समयसम्म अरुको काम गरेपछि हालै मात्र उनले आफ्नो Individual Music गर्न थालेका छन्।

महेन्द्र भन्छन् “ धेरै गरियो अरुको काम तर त्यहाँ सन्तुष्ट भने भएन मलाई जहिले पनि आफ्नो Melody र Music गर्न मन थियो। धेरैपछि मैले यो कुरा महसुस गरे र अहिले म आफ्नै नयाँ ओरिजिनल गीतहरुमा र एल्बमहरुमा काम गरिरहेको छु  अनि त्यसमै रमाइरहेको छु।”

कोहलपुर जस्तो ठाउँबाट उनले त्यो सपना देखे र त्यो सपनालाई पूरा गर्न उनी मुम्बईसम्म पुगे। यदि चाहने हो भने हामी जो कोहीले पनि आफ्नो सपना पूरा गर्न सक्छौं भन्ने एउटा जलन्त उदाहरण बन्न पुगे ।

उनी भन्छन् युवा पुस्ताहरूले अहिले धेरै नै एआइको म्युजिकहरू मन पराइरहेका छन् तर Human Touch भएको म्युजिक उनीहरुले बुझेकै छैनन्। त्यसैले म त्यो कुरालाई परिवर्तन गर्न र ज्ञात गर्न आफ्नो Individual Music  गर्दैछु।

उनी अहिले लगातार आफ्नो Original काम गरिरहेका छन्। भर्खरै मात्र बजारमा Nature Escape नामक एल्बम उनले गरिरहेका छन् यदि तपाईहरु पनि सुन्न चाहनुहुन्छ भने उसको YouTube च्यानलमा गएर हेर्न सक्नुहुन्छ। अथवा Spotify, apple music र विभिन्न अडियो प्ल्याटफर्महरुमा पनि उनका संगीतहरु रहेका छन् ।

Channel Link
https://www.youtube.com/@mahendramusic7


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »