नीलसागर आश्रममा राष्ट्रिय युवा संघ कोहलपुरद्वारा सम्मान तथा भोजन कार्यक्रम सम्पन्न
कोहलपुर । राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीको आयोजनामा शनिबार नीलसागर आश्रम, कोहलपुरमा विशेष भोजन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा बसोबास गर्ने वृद्धवृद्धासँगै अन्य अतिथिहरूसँग सामूहिक भोजन गरिनुका साथै सामाजिक उत्तरदायित्वप्रति संघको प्रतिबद्धता प्रकट गरिएको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीका अध्यक्ष मानस शाहीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा…