अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगको प्रथम पूर्ण बैठक सम्पन्न,

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अनुशासन आयोगको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ।
बैठक अनुशासन आयोग अध्यक्ष क. सुमन घिमिरेको अध्यक्षता तथा संगठनका आदरणीय अध्यक्ष क. दिपक धामीज्यूको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। कार्यक्रममा अनुशासन आयोगका निवर्तमान अध्यक्ष क. शोभा सापकोटाज्यूको विशेष आतिथ्यता रहेको थियो।


बैठकमा संगठनको अनुशासन, आन्तरिक व्यवस्थापन, विद्यार्थी आन्दोलनलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ। संगठनलाई अझ व्यवस्थित, अनुशासित र जिम्मेवार बनाउने उद्देश्यका साथ आगामी कार्यदिशा तय गरिएको बताइएको छ।

Oplus_131072

अनुशासन आयोग अध्यक्ष क. सुमन घिमिरेले बैठकपछि प्रतिक्रिया दिँदै भन्नुभयो,
“अनेरास्ववियुलाई वैचारिक रूपमा मजबुत र संगठनात्मक रूपमा अनुशासित बनाउनु आजको मुख्य आवश्यकता हो। अनुशासन आयोग संगठनको मेरुदण्ड हो, यसलाई प्रभावकारी बनाएर विद्यार्थी आन्दोलनलाई सही दिशामा अघि बढाउने हाम्रो प्रतिबद्धता छ।”
उहाँले सबै तहका कार्यकर्तालाई संगठनको नीति, विधि र मर्यादाभित्र रहेर जिम्मेवारी पूरा गर्न आग्रह गर्दै, आयोगले लिएका निर्णयहरू कार्यान्वयनमा कडाइका साथ लागु गरिने स्पष्ट पार्नुभयो।
बैठकले अनेरास्ववियुको आन्तरिक अनुशासन सुदृढ गर्दै आगामी दिनमा विद्यार्थी हकहित र राष्ट्रिय विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »