सस्तो र गुणस्तरीय सामान एकै छानामुनि उपलब्ध गराउने लोकप्रिय चेन स्टोर viva +९९ सपिङले आफ्नो दशौं शाखा बाँकेको कोहलपुरमा भव्य रूपमा सञ्चालन सुरु गरेको छ।

बिहीबार विशेष कार्यक्रमका बीच कोहलपुर सुपरमार्केट (एनटीभी रोड, ग्यालेक्सी जुत्ता बजारको माथिल्लो तलामा) मा यो नयाँ स्टोर उद्घाटन गरियो। काठमाडौंबाट सुरु भएको यो चेनले सुर्खेत, बुटवल, बनेपा, धरान, दमक जस्ता शहरहरूमा शाखा खोलेर विस्तार गरिसकेको छ। कोहलपुर यसको दसौं शाखा हो, जसले पश्चिम नेपालमा ब्रान्डको पहुँच थप मजबुत बनाएको छ।

सञ्चालकहरू खिमानन्द अधिकारी, कमल अर्याल, रोशन गैरेले ग्राहकको दैनिक आवश्यकता र बजेटलाई ध्यानमा राखेर यो शाखा खोलेको बताएका छन्। प्रतिस्पर्धात्मक बजारमा पनि ग्राहकले सस्तो मूल्य (फिक्स रेट) मा राम्रो सामान पाउने गरी सञ्चालन गरिएको viva + ९९ का संस्थापक तोलाकान्त अधिकारी ले बताउनु भयो ।स्टोरमा घरायसी सामान, बच्चाका खेलौना, प्लास्टिकका वस्तु, कस्मेटिक, इलेक्ट्रोनिक्स लगायतका सामग्रीहरू विशेष सुविधासहित राखिएका छन्।

उद्घाटन समारोहका प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले आर्थिक मन्दीको समयमा यस्तो ठूलो लगानी गर्नु प्रशंसनीय रहेको बताए। उनले भने, “आजको जस्तो आर्थिक संकटमा पनि यत्रो साहस गरेर व्यवसाय सञ्चालन गर्नु ठूलो कुरा हो। यसले स्थानीयलाई सस्तो र भरपर्दो किनमेलको विकल्प दिन्छ।”
कार्यक्रममा पत्रकार, व्यवसायी र ग्राहकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले कोहलपुर सुपरमार्केट अब ‘सबै कुरा सस्तोमा एकै ठाउँमा’ पाइने प्रमुख स्थान बनेकोमा खुसी व्यक्त गरे। यो शाखा एनटीभी रोड र धिताल पेट्रोल पम्पबीचको सुविधाजनक स्थानमा छ।
viva +९९ ले नेपालभरि सस्तो मूल्यमा ट्रेन्डी र आवश्यक सामान उपलब्ध गराएर उपभोक्ताको मन जित्दै आएको छ। कोहलपुर शाखाले क्षेत्रीय व्यापारमा नयाँ ऊर्जा थप्ने र स्थानीयमा रोजगारी तथा सुविधा बढाउने अपेक्षा गरिएको छ।
अब कोहलपुरवासी तथा छिमेकीहरूले यो स्टोरमा गएर सजिलो, सस्तो र गुणस्तरीय किनमेलको अनुभव लिन सक्नेछन्। विवा +९९ को यो विस्तारले नेपालको खुद्रा बजारमा सकारात्मक प्रतिस्पर्धा र उपभोक्ता लाभ बढाउने विश्वास छ।