कोहलपुर, बैशाख ७ – कोहलपुर कपडा व्यवसायी सङ्घका साधारण सदस्य मेगराज लम्साल ज्यूको संचालनमा रहेको शुभलक्ष्मी कलेक्सनमा यही मिति २०८२ साल बैशाख ७ गते विद्युतीय शट भएर आगलागी भएको थियो। आगलागीका कारण पसलमा रहेका जिन्सी, नगद तथा फर्निचरहरू पूर्ण रूपमा क्षति भएका छन्।
उक्त घटनापछि सङ्घले लम्साललाई पुनःस्थापित गर्न सहयोग गर्ने उद्देश्यले अभियान थालेको थियो। कोहलपुर कपडा व्यवसायी सङ्घको पहलमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, पूर्व कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, पूर्व सल्लाहकारहरू र हालको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको अथक प्रयासमा विभिन्न व्यवसायी तथा शुभचिन्तकहरूबाट संकलित आर्थिक सहयोग स्वरूप रू. १,२६,०५५।– (एक लाख छब्बिस हजार पचपन्न) मेगराज लम्साल ज्यूलाई हस्तान्तरण गरिएको अध्यक्ष राजिब शर्माले बताउनु भएको छ।
रकम हस्तान्तरण कार्यक्रम कोहलपुर कपडा व्यवसायी सङ्घको कार्यालय, NTV रोड, कोहलपुरमा सम्पन्न गरिएको थियो।