वर्ल्डलिंकले सार्वजनिक गर्‍यो ‘सिक्सजी वाई–फाई’, स्पिड ४ गुणा बढ्ने दाबी — यस्तो छ नयाँ प्याकेज

काठमाडौँ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ प्रविधि सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा कम्पनीले नयाँ पुस्ताको उच्च–गति इन्टरनेट प्रविधि घोषणा गरेको हो।

वर्ल्डलिंकका अनुसार ‘सिक्सजी वाई–फाई’ले हाल प्रचलनमा रहेको वाई–फाई भन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च स्पिड/थ्रुपुट उपलब्ध गराउनेछ। यसले प्रयोगकर्तालाई अझ सहज प्रदर्शन, भरपर्दो कनेक्सन र विभिन्न डिभाइसमा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने दाबी कम्पनीले गरेको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्ध रहेको बताउँदै भने,
“वाई–फाई सिक्स नेपाललाई स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फ लैजाने एक निर्णायक कदम हो।”

यस्तो छ सिक्सजी प्याकेज:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »