बैजनाथमा पानी जमेको खाडलमा सडेको अवस्थामा पुरुषको शव फेला

बाँके, २०८२ असार ६ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–६, गरहीस्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ रहेको पानी जमेको खाडलमा एक पुरुषको सडेको अवस्थामा रहेको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीयवासीको सूचनाका आधारमा प्रहरी टोली आज बिहान करिब ९ बजे घटनास्थलमा पुगेको थियो। शव श्री ज्योति आधारभूत विद्यालयको उत्तरपट्टिको क्षेत्रमा फेला परेको हो।

शवको पहिचान मृतकको साथबाट बरामद कागजातको आधारमा उक्त शब बैजनाथ गाउँपालिका–३ निवासी ६५ वर्षीय रन बहादुर दमाईको रूपमा गरिएको प्रहरीले जनाएको छ। अत्यधिक सडेको अवस्थामा शव भेटिएकाले मृत्यु केही दिनअघि भएको अनुमान गरिएको छ।

प्रहरीले परिवारका सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »