नीलसागर आश्रममा राष्ट्रिय युवा संघ कोहलपुरद्वारा सम्मान तथा भोजन कार्यक्रम सम्पन्न

कोहलपुर । राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीको आयोजनामा शनिबार नीलसागर आश्रम, कोहलपुरमा विशेष भोजन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा बसोबास गर्ने वृद्धवृद्धासँगै अन्य अतिथिहरूसँग सामूहिक भोजन गरिनुका साथै सामाजिक उत्तरदायित्वप्रति संघको प्रतिबद्धता प्रकट गरिएको थियो।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, कोहलपुर नगरकमिटीका अध्यक्ष मानस शाहीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सन्दीप बानिया हुनुहुन्थ्यो। विशिष्ट अतिथि,नेकपा (एमाले) बाँके जिल्ला सचिव बलराम भट्टराई,लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारी जिल्ला उप–सचिव निर्मला सुनार अतिथिहरुमा कुस्मखर बस्याल, खेम शर्मा, केसव शाहि ,मनोज बि क,मिना कुमारि बि सी, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्ष सुमन घिमिरे, कुल ब.भट्टराइ, दिपेन्द्र श्रेष्ठ, वर्षा मल्ल, पुजा भन्डारि, भुपाल शर्मा, रमेस मिजार, सुनिल रसाइलि, सन्तोस मल्ल लगायत नेकपा (एमाले) बाँकेका पार्टी नेता, राष्ट्रिय युवा संघका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

अतिथिहरूले कार्यक्रममा सम्बोधन गर्दै युवाले राजनीति मात्र होइन, सामाजिक सेवामा पनि अग्रसर हुनुपर्नेमा जोड दिएका थिए। वृद्धवृद्धासँगको सामूहिक भोजनले मानवता र सहानुभूतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

आयोजक समितिका अनुसार यस्ता गतिविधिले सामाजिक समरसता र एकताको भावना बलियो बनाउने मात्र नभई युवालाई समाजप्रतिको जिम्मेवार भूमिका निर्वाह गर्न प्रेरित गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »