धान खेतमा चट्याङ लाग्दा राप्तिसोनारीमा एक महिलाको मृत्यु, दुई घाइते

बाँके — आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लालपुरमा धान रोप्ने क्रममा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चट्याङ लागेर दाङ तुलसीपुर–११ की ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको हो। उनी माइती घर राप्तीसोनारी–४ मा धान रोप्न गएकी थिइन्।

सीता सहित २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु चट्याङमा परेर घाइते भएको प्रहरीले जनाएको छ। तिनै जनालाई सुरुमा उपचारका लागि राप्तीसोनारी अस्पताल लगिएको थियो।

तर उपचारकै क्रममा सीता चौधरीको निधन भएको हो भने घाइते निर्मला र गरीमालाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »