दाङमा मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

दाङ — दाङको घोराही–रामपुर सडकखण्ड अन्तर्गत सिस्ने खोलामा सोमबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको ज्यान गएको छ।

ज्यान गुमाउनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन्। दुवै जना एकै मोटरसाइकलमा सवार थिए।

दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरू चढेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिस्ने खोलामा खसेको थियो। गम्भीर अवस्थामा रहेका दुवै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »