ट्राफिक व्यवस्थापनमा अनुकरणीय योगदान : प्र.व.ना.नि प्रविन आचार्य सम्मानित

कोहलपुर । निरन्तर सेवा, समर्पण र उत्कृष्ट कार्यसम्पादन गर्दै आएका नेपाल प्रहरीका बरिष्ठ प्रहरी नायब निरीक्षक (प्र.व.ना.नि) प्रविन आचार्य विभागीय स्तरमा सम्मानित भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा प्रशासनिक दक्षता, इमानदारी, लगनशीलता र जनसेवामा उल्लेखनीय योगदान पु¥याउने कर्मचारीको नाम “अभिलेखमा जनाई दिने” निर्णयअनुसार प्र.ब.ना.नि आचार्यलाई यो सम्मान प्रदान गरिएको हो।

उहाँले दिन–रात नभनी सडकमा ट्राफिक व्यवस्थापन जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ। उहाँको निरन्तर सक्रियता, सजगता र निष्ठाले सडकमा सुरक्षाको अनुभूति बढाउनुका साथै जनतामा प्रहरीप्रतिको विश्वास अझ सुदृढ भएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा प्र.व.ना.नि आचार्यको सेवा भाव, नेतृत्व क्षमता र कर्मठतालाई विशेष रुपमा प्रशंसा गरिएको छ। उहाँको कार्यशैलीले सम्पूर्ण सुरक्षाकर्मीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

साथै, शुभेच्छुकहरूले उहाँलाई बधाई दिँदै आगामी दिनमा अझ सफलताका साथ सेवा पुर्‍याउने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »