कोहलपुर -११ कल्पना शर्माको नेतृत्वमा उत्कृष्ट सेवा र विकास

कोहलपुर, बाँके —

कोहलपुर नगरपालिका–११ पछिल्ला केही वर्षयता तीव्र रूपान्तरणको यात्रामा छ। यो परिवर्तन केवल पूर्वाधार निर्माण वा आँकडामा मात्र सीमित छैन, यहाँको सशक्त महिला नेतृत्व, पारदर्शिता र नागरिक सेवाप्रति प्रतिबद्धताले वडालाई समावेशी विकासको उदाहरण बनाएको छ।

वडाध्यक्ष कल्पना शर्माको अगुवाइमा यो वडाले सामाजिक सेवा, पूर्वाधार विकास, महिला सशक्तिकरण, सीपमूलक कार्यक्रम तथा पारदर्शी प्रशासनमा उल्लेखनीय सफलता हासिल गरेको छ।

“हामी स्रोतभन्दा बढी जनताको आवश्यकता र दीर्घकालीन सोचलाई प्राथमिकता दिन्छौँ,” वडाध्यक्ष शर्मा भन्छिन्, “योजना बनाउँदा ५ वर्षपछिको परिणामलाई ध्यानमा राख्छौँ।”
शर्मा नेतृत्वलाई वडाबासीहरूले इमानदार, निडर र निष्ठावान् रूपमा लिएका छन्।

पूर्ण महिलाको टिम: प्रशासनमै उदाहरण

वडाध्यक्ष मात्र होइन, कोहलपुर–११ को कार्यालयमा कार्यरत सबै कर्मचारी महिला नै छन् — जसले एक उदाहरणीय वातावरण सिर्जना गरेको छ।

वडा सचिव लक्ष्मी योगी प्रशासनिक दक्षतामा परिचित छन्।

सहायक सिर्जना आचार्य नागरिकसँगको सम्वादमा सजग र सहयोगी छवि बोकेकी छन्।

सब–इन्जिनियर श्यामु बिष्ट पूर्वाधार योजना र प्राविधिक निरीक्षणमा सक्रिय छन्।

हेल्प डेस्क प्रमुख बेलमती पुन मगर र कार्यालय सहयोगी रिना थारु सेवाग्राहीको सहजताका लागि समर्पित छन्।

सेवा प्रवाहमा उपलब्धि: तथ्यांकमै स्पष्टता

आर्थिक बर्ष २०८१/८२ को प्रतिबेदन हेर्दा वडाले प्रशंसायोग्य सेवा प्रवाह र अभिलेख कायम राखेको छ:

पत्र दर्ता: १२२

पत्र चलानी: ३४१५

नागरिकता सिफारिस: २२२

व्यक्तिगत घटना दर्ता: ३८४०

जन्मदर्ता: १२५९ (पुरुष ६९८, महिला ५६१)

मृत्यु दर्ता: ३७० (पुरुष २१३, महिला १५७)

विवाह दर्ता: ५९६

बसाइँसराइ (आएको): १२२६

बसाइँसराइ (गएको): ३०५

सम्बन्धविच्छेद: ८४

राजस्व संकलनमा आत्मनिर्भरता

वडाले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल रु ६९ लाख ७७ हजार ४७१.६९ संकलन गर्न सफल भएको छ।

सम्पत्ति तथा भूमिकर (मालपोत): रु ५३,४४,७८६.६९

विविध नगद आम्दानी: रु १६,३२,६८५

यो तथ्यले वडालाई आर्थिक रूपमै सक्षम बनाउँदै लगेको पुष्टि गर्दछ।

पूर्वाधार र चेतनामूलक अभियान सँगै

विकास योजनाहरू केवल सडक, नाली र भवनसम्म सीमित छैनन्।

महिला, दलित, अपांगता भएका व्यक्तिहरू तथा सीमान्तकृत समुदायका लागि लक्षित कार्यक्रमहरू नियमित छन्।

स्वास्थ्य शिविर, पोषण सचेतना, खोप अभियानलगायत सेवा वडाबाटै सञ्चालित छन्।

युवा लक्षित सीप विकास तालिम र स्वरोजगार सहयोगमा समेत वडाको सक्रियता उल्लेखनीय छ।

कोहलपुर वडा नं. ११ ले देखाएको कार्यशैलीले एक कुराको पुष्टि गरेको छ —
“जब महिलालाई नेतृत्व दिइन्छ, समावेशीता, पारदर्शिता र परिणाम सुनिश्चित हुन्छ।”

वडाध्यक्ष शर्माको अठोट छ, “हामी भोलिका पुस्तालाई अझ सुरक्षित र सम्भावनायुक्त वडाको सपना देखिरहेका छौँ — जनताको साथमै, जनताको लागि काम गर्दै।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »