कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न, हरित नगर निर्माणमा सहकार्यको प्रतिबद्धता

बाँके — कोहलपुर नगरपालिका–२ स्थित प्रस्तावित बाल अस्पताल परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाको आयोजनामा तथा रोटरी क्लब अफ सेन्ट्रल बाँके र रोट्र्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज कोहलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य कोहलपुर वडा नं. २ का अध्यक्ष हरिसिंह कठायतले गर्नु भएको थियो। साथै, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका वर्तमान अध्यक्ष गंगाराम चौलागाईं, पूर्व अध्यक्ष किशोरकृष्ण भण्डारी, आगामी वर्षका अध्यक्ष विश्वराम भण्डारी, कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा, रोट्र्याक्ट क्लबका उपाध्यक्ष भावना मसराजलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Oplus_131072

वडा अध्यक्ष कठायतले कोहलपुरलाई हरित नगर बनाउने लक्ष्यमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहभागी संघ–संस्थाप्रति आभार व्यक्त गर्नुभयो। त्यस्तै, रोटरी क्लबका अध्यक्ष चौलागाईंले सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको र आगामी दिनमा पनि सहकार्यमार्फत थप प्रभावकारी काम गर्न सकिने धारणा राख्नुभयो।

Oplus_131072

वातावरणीय प्रदूषण बढ्दो अवस्थामा रहेका बेला यस्ता वृक्षारोपण कार्यक्रमले दीर्घकालीन रुपमा मानव जीवनमा सकारात्मक असर पार्ने स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »