कोहलपुरमा भूमिहीनलाई लालपूर्जा वितरण अन्तिम चरणमा

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण प्रक्रिया अगाडि बढाउन नगर प्रमुखको अध्यक्षतामा बैठक सम्पन्न भएको छ।

बैठकमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नापी कार्यालय, भूमि समस्या समाधान आयोग, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा निम्न बुँदाहरूमा छलफल भयोः

  1. जहाँबाट काम रोकिएको छ, त्यहीँबाट पुनः सुरु गरिने।
  2. वितरण कार्यको सुरुवात कोहलपुर नगरपालिका वडा नं. १ बाट गरिने।
  3. कार्यसञ्चालनका क्रममा देखिएका समस्याहरू समाधान गर्दै अघि बढ्ने।
  4. कोहलपुरका सबै राजनीतिक दलहरूले विगतझैँ यस अभियानमा पूर्ण समर्थन जनाउने।
  5. नगरपालिकाले आवश्यक साधनस्रोतको अभाव हुन नदिने।
  6. नापी कार्यालय तथा भूमि समस्या समाधान आयोगले कोहलपुरका लागि थप जनशक्ति उपलब्ध गराउने।
  7. नगरस्तरीय सहजीकरण समितिले भूमिहीनहरूलाई लालपूर्जा वितरणका लागि प्रभावकारी रूपमा कार्य गर्ने।
  8. भूमि आयोग बाँकेले आफ्नो कार्य छिटो पूर्ण गरी, वडा नं. १ का १४१ भूमिहीन दलित घरधुरीलाई पहिलो चरणमा लालपूर्जा वितरण गर्ने।
  9. कोहलपुर नगरपालिका भित्रका सबै भूमिहीनलाई लालपूर्जा वितरण प्रक्रियामा सहयोगका लागि अपिल गर्ने।

बैठकमा नगर प्रमुखले लालपूर्जा वितरण कार्यलाई निष्पक्ष, व्यवस्थित, र छिटो सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको आग्रह गरे। यस पहलले कोहलपुरका करिब २० हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई लाभ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »