काठमाडौको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी!

‍काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ।

मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र सिरानी छ।

सेनाको टोली आएर हेर्‍यो। हेर्दा म्याटले बेरेको तकिया मात्रै छ। अरू केही देखिएन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »