कपिलवस्तु:कपिलवस्तुको बेलनदी नजिकै यात्रु बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङका लागि छुटेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन् । घाइतेहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन् ।
उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै बस पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
दुर्घटनामा सल्यान बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका– १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते भएका छन । उनीहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।
यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका– बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका– ८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका– १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका– ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का दुर्घटनामा परी घाइते भएका छन । उनीहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका– ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका– २ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका– ३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेदबहादुर वली रहेका छन ।