कर नीतिविरुद्ध कोहलपुरमा व्यवसायी आन्दोलन, असार २५ गते ब्यवसाय बन्द

सरकारको कर नीतिविरुद्ध कोहलपुरका व्यवसायीहरू आन्दोलनमा, असार २५ गते व्यवसाय बन्द गर्दै प्रदर्शनको तयारी

कोहलपुर, असार २२ — नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य आभूषण लगायतका सामग्रीमा लगाइएको विलासीता शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) खारेज गर्न माग गर्दै व्यवसायीहरूले आक्रोश पोखेका छन्। सरकारको नीति व्यवसायीविरुद्ध भएको ठहर गर्दै उनीहरूले सामूहिक विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

व्यवसायीहरूका अनुसार सरकारको यो नीति उपभोक्ता र व्यवसायी दुवैका लागि मारक सावित हुने भएकाले यसविरुद्ध चर्को आवाज उठाउनु अपरिहार्य बनेको हो। उनीहरूले यस्तो व्यवसायीविरोधी नीति तत्काल खारेज गर्न माग गरेका छन्।

संघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त पहलमा यहि २०८२ साल असार २५ गते बुधबार कोहलपुरको न्युरोड चोकमा बिहान ८:०० बजेबाट विरोध कार्यक्रम आयोजना गरिने छ। सो कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले बिहान ठीक १२:०० बजेसम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गरिने घोषणा गरिएको छ।

कार्यक्रमको प्रमुख उद्देश्य:
सरकारद्वारा प्रस्तावित कर वृद्धि र शुल्कका विरुद्धमा व्यवसायी एकताबद्ध भई सरकारलाई चोखो सन्देश दिनु र व्यवसायमैत्री नीति निर्माणमा दबाब सिर्जना गर्नु मुख्य उद्देश्य रहेको कोहलपुर उद्योग वाणिज्य संघले स्पष्ट पारेको छ।

व्यवसायीहरूलाई गरिएको अनुरोध:
यस विरोध कार्यक्रमलाई सफल बनाउने सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरूका सम्पूर्ण पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र व्यवसायीहरूलाई समयमै उपस्थित भइ एकजुटताको प्रदर्शन गर्न अनुरोध गरिएको छ।

कार्यक्रम विवरण:

मिति: २०८२ साल असार २५ गते, बुधबार
समय: बिहान ८:०० बजे
स्थान: न्युरोड चोक, कोहलपुर
नोट: विरोध कार्यक्रममा संघसंस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थिति अपेक्षित गरिएको छ।

सरकारको नीति परिवर्तन नभएसम्म चरणबद्ध आन्दोलनको योजना अघि बढाउने चेतावनी समेत व्यवसायीहरूले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »