सुमन घिमिरे अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित

कोहलपुर, बाँके – अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके कोहलपुरका युवा नेता सुमन घिमिरे केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित भएका छन्। उनले ३९६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजयी हासिल गरेका हुन्।

निर्वाचनमा पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति विष्णु पोख्रेल, मुना तिवारी, टोपराज जैसी र सञ्जीप न्यौपाने घिमिरेका प्रतिस्पर्धी थिए।

२०६८ सालमा अनेरास्ववियु मावि कमिटी हुँदै विद्यार्थी राजनीतिमा पाइला चालेका घिमिरे २०७१ सालमा क्षेत्रीय अध्यक्ष, त्यसपछि जिल्ला कमिटी सदस्य हुँदै दुई कार्यकालसम्म केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे। संगठनात्मक अनुभवले सम्पन्न बनाएका घिमिरे नेतृत्वदायी क्षमताका कारण चिनिएका छन्।

२०७९ सालमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माण कार्यमा घिमिरेको नेतृत्वमा अनेरास्ववियु बाँकेको टोली झण्डै १५ दिनसम्म खटिएको थियो।

हालै सम्पन्न स्ववियु निर्वाचनमा बाँकेका तीन क्याम्पसमा सम्पूर्ण प्यानल बहुमतसहित विजयी गराउन पनि उनको नेतृत्व निर्णायक रहेको थियो।

बाँके इन्चार्जको रूपमा उनले जिल्लामा १०० भन्दा बढी संगठनात्मक कार्यक्रम सञ्चालन गरी अनेरास्ववियुलाई थप सक्रिय र प्रभावशाली बनाएका छन्।

संगठनप्रति समर्पित, अनुशासनमा कठोर र नेतृत्वमा दृढ रहेका घिमिरेको यो जितले अनेरास्ववियुमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »