बिभिएम स्कुल प्लस २ भर्नामा उच्च आकर्षण ,बाके टपर दिदै शैक्षिक गुणस्तरमा अग्रस्थान

कोहलपुर, बाँके — बाँकेको कोहलपुरस्थित बिभिएम (बाल बिधा) सेकेन्डरी स्कुल पछिल्ला केही वर्षयता प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको छ। शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा स्थापित बन्दै गएको देखिन्छ।

Oplus_131072

शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अनुरूप विद्यालयले इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, मनोविज्ञानी तथा विषयगत विशेषज्ञ परामर्शदाताजस्ता पूर्वाधारसहित अध्यापन प्रक्रिया अघि बढाइरहेको छ। विद्यार्थीको समग्र विकासलाई ध्यानमा राख्दै प्रयोगात्मक कक्षा, शैक्षिक भ्रमण र सिकाइका नयाँ उपायहरूलाई नियमित कार्यक्रमका रूपमा अघि सारेको छ।

गत वर्ष सञ्चालित एसईई परीक्षामा बाँके जिल्लामै ४.० जीपीए ल्याउने उत्कृष्ट विद्यार्थी उत्पादन गरी चर्चा कमाएको यो स्कुल अब नयाँ विद्यार्थीहरूको रोजाइमा परेको छ।

विद्यालयले कक्षा ११ का लागि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, तथा कम्प्युटर साइन्स संकाय सञ्चालनमा ल्याएको छ। भर्ना प्रक्रियामा विद्यार्थीहरूको उल्लेखनीय वृद्धि देखिन थालेको स्कुल प्रशासनले जनाएको छ।

विद्यालयका प्रिन्सिपल गोविन्द सुवेदीका अनुसार —
“पारिवारिक वातावरण, तनाव रहित सिकाइ, तथा विद्यार्थीमैत्री शैक्षिक संरचनाका कारण बिभिएम स्कुल आज धेरैको रोजाइमा परेको हो। हामी गुणस्तरीय शिक्षाका साथै नेतृत्व, अनुशासन र व्यवहारमा आधारित सिकाइमा जोड दिन्छौं।”

शैक्षिक श्रेणी, परिणाम र व्यवस्थापनका दृष्टिले पछिल्लो समय शैक्षिक श्रीवृद्धिमा उल्लेखनीय उचाई लिएको बिभिएम स्कुलले अहिले कक्षा ११ भर्ना प्रक्रिया तीव्र बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »