बाँकेमा एसइईमा चार जिपिए ल्याउने एकजना मात्रै, कोहलपुरकि सृजना

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ।
बाँके जिल्लामा चार जिपिए ल्याउने एकजना मात्र विद्यार्थी कोहलपुरस्थित बालविद्या स्कुलकी छात्रा सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाईंले बताउनुभयो।
बाँके जिल्लामा ३.६१  देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१  देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजार ४ सय ९८ जना, २.४१ देखि २.८० जिपिए ल्याउने एक हजार ४७ जना र २.००  देखि २.४० जिपिए ल्याउने १३५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ।
ग्रेड बृद्धिका लागि परीक्षा दिएका दुई हजार ४३ जना मध्ये एक हजार ४३ जना उत्तिर्ण भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »