नोबेल टेक्निकल कलेज कोहलपुरमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुर–११ स्थित नोबेल टेक्निकल एन्ड मेडिकल साइन्स कलेजले प्रमाणपत्र तह ल्याब टेक्निसियन प्रथम वर्ष तथा प्रि–डिप्लोमा तह भेटेरिनरी साइन्स का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै भेटेरिनरी साइन्सका अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष झक्कु केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं–११ की वडा अध्यक्ष कल्पना शर्मा प्रमुख अतिथि रहनु भएको थियो भने राष्ट्रिय परीक्षा बोर्डका अधिकृत गोपाल केसी विशिष्ट अतिथि रहनु भएको थियो। साथै कलेजका प्रिन्सिपल एम. प्रसाद डागी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई अबिर तथा खादा लगाई स्वागत गरिएको थियो भने भेटेरिनरी साइन्सका अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको थियो।

प्रमुख अतिथि वडा अध्यक्ष कल्पना शर्माले प्राविधिक शिक्षाले आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गर्ने बताउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक सीपमा दक्ष बन्न आग्रह गर्नु भयो। विशिष्ट अतिथि गोपाल केसीले प्राविधिक शिक्षाको महत्व र भविष्यका सम्भावनाबारे धारणा राख्नु भएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गजल तथा कविता प्रस्तुत गरेका थिए।

हाल नोबेल टेक्निकल एन्ड मेडिकल साइन्स कलेजमा ल्याब टेक्निसियन, भेटेरिनरी साइन्स तथा सिभिल सब–ओभरसियर कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »