बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ।
मंगलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित भएकी हुन्। अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै पदमा जित हासिल गरेको क्याम्पस प्रशासनले जनाएको छ।
निर्वाचित प्यानलमा सचिवमा ईसा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह चयन भएकी छन्। त्यस्तै, सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का निर्वाचित भएका छन्।