नेपालगञ्ज: अन्तर्राष्ट्रिय शिक्षा अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले अल्फाबिटा नेपालगञ्जले Multi-City Admissions Day आयोजना गर्ने भएको छ।
कार्यक्रम नेपालगञ्जको होटल सिटी प्यालेसमा भदौ ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
अल्फाबिटा नेपालगञ्जका सञ्चालक विजय भण्डारीले पत्रकारहरूसँगको अन्तरक्रियामा भन्नुभयो, “३४ वर्षको अनुभवसहित हामीले १८ देशका ५०० भन्दा बढी शैक्षिक संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका छौँ। नेपालका १० शाखामार्फत अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई टेस्ट तयारी, व्यक्तिगत परामर्श र विश्वव्यापी साझेदारीमार्फत मार्गदर्शन गरेका छौँ।”
यस कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका र जर्मनीका करिब २५ प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। विद्यार्थीहरूले प्रत्यक्ष संवाद गर्दै छात्रवृत्ति, प्रवेश प्रक्रिया, अध्ययन तथा करिअर अवसरबारे विस्तृत जानकारी पाउनेछन्।
त्यस्तै, सहभागी विद्यार्थीहरूलाई IELTS र PTE तयारी कक्षामा विशेष छुट तथा आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ। साथै, नेपालगञ्जका केही ‘A Class Commercial Bank’ पनि उपस्थित हुने भएकाले विद्यार्थी र अभिभावकहरूले शैक्षिक ऋण (Educational Loan) सम्बन्धी जानकारी प्रत्यक्ष लिन सक्नेछन्।
अल्फाबिटाले विद्यार्थी मात्र नभई अभिभावकलाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। भण्डारीका अनुसार, “विद्यार्थी र अभिभावक दुबैले प्रत्यक्ष जानकारी पाएपछि विदेशमा अध्ययन र करिअर निर्माण सम्बन्धी निर्णय अझ सजिलो र व्यवस्थित हुने अपेक्षा गरिएको छ।”