निम्बल एकेडेमीको १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

निम्बल एकेडेमी कोहलपुरको १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

कोहलपुर, बाँके – निम्बल एकेडेमी, कोहलपुरले आफ्नो १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो।

उत्सवका अवसरमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नृत्य, गायन, नाटक तथा अन्य प्रतिभा प्रदर्शन गरेका थिए। विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक मोडेलहरू प्रस्तुत गर्दै आफ्नो सृजनशीलता र प्रयोगात्मक ज्ञान प्रदर्शन गरेका थिए।

विद्यालयका प्रधानाध्यापकले अघिल्लो शैक्षिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालयको आगामी योजनाबारे जानकारी गराए।

कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। प्रमुख अतिथि आचार्यले विद्यालयको शिक्षागत योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई अनुशासन र परिश्रमका साथ अध्ययन गर्न प्रेरित गरे। अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

कार्यक्रमको समापन विद्यालयका अध्यक्ष निम बहादुर खत्रीको धन्यवाद मन्तव्यसहित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »