कोहलपुर, बाँके — कोहलपुर जेसिजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ अन्तर्गत विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आज चौथो दिन सम्पन्न भएका छन्।
कोहलपुर–१३, भरैया स्थित श्री बालशिक्षा माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै दिवसको मुख्य कार्यक्रम समापन गरिएको छ।
यससँगै स्लो बाइक रेस कार्यक्रम तथा पुस्तक वितरण कार्यक्रम पनि सम्पन्न भएको हो।
कार्यक्रम संयोजक जेसी. मदन भण्डारी (कार्यकारिणी उपाध्यक्ष–२०२५, कोहलपुर जेसिज) का अनुसार समुदायमा प्रभावकारी सेवा र युवालाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले यस वर्ष विशेष कार्यक्रमहरु समावेश गरिएको बताए।
विद्यालयका विपन्न विद्यार्थीलाई जाडोयामका लागि उपयुक्त न्यानो कपडा, बालबालिकामा अध्ययनप्रतिको उत्साह बढाउन पुस्तक वितरण, र युवामा चेतना तथा मनोरञ्जन प्रवर्धन गर्न स्लो बाइक रेस कार्यक्रम आयोजना गरिएको जेसिजले जनाएको छ।
जेसीज सप्ताह–२०२५को क्रममा आगामी दिनहरूमा अझै पनि विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुँदै जाने आयोजकले जानकारी दिएको छ।