केएमसी स्कुलको आकर्षण: बैजनाथ टपर प्रदीप बस्नेत गरे ब्यवस्थापनमा भर्ना

कोहलपुर, बाँके — KMC कलेज अन्तर्गत सञ्चालनमा रहेको KMC Secondary School, Kohalpur मा यस वर्ष पनि उत्कृष्ट विद्यार्थीहरूको आकर्षण बढ्दो छ। हालै सार्वजनिक एसईई २०८१ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै सामुदायिक बिधालय तर्फ बैजनाथ गाउँपालिका–५ का प्रदीपराज बस्नेत ले ३.९१ GPA सहित गाउँपालिकामा प्रथम स्थान हासिल गरेपछि उनले ११ म्यानेजमेन्ट संकायमा केएमसी सेकेन्डरी स्कुलमा भर्ना लिएका छन्।

यसअघि ४.०० GPA ल्याएर बाँके जिल्ला टपर बनेकी सिर्जना डिसी पनि यही विद्यालयमा कक्षा ११ मा भर्ना लिइसकेकी छिन्। शैक्षिक वातावरण, अनुभवी शिक्षक टोली, र व्यवस्थापन पक्षप्रति विश्वास राख्दै सिर्जनाले केएमसीलाई आफ्नो शैक्षिक यात्रा सुरु गर्ने आधार बनाएकी हुन्।

KMC Secondary School का प्रमुख सञ्जिव पंगेनीका अनुसार विद्यालयले यस वर्ष विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा चारवटै संकायमा कक्षा ११ भर्ना प्रक्रिया सुरु गरिसकेको छ। विद्यालयले उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्ति योजना, परामर्श सेवा, र शैक्षिक मार्गदर्शन उपलब्ध गराउँदै आएको छ।

कोहलपुर–११ मा अवस्थित KMC कलेज जस्ले बिगत केही वर्षदेखि जिल्लाभरकै नतिजामा अग्रस्थानमा रहँदै आएको छ। विद्यालय प्रशासनको भनाइमा, टपर विद्यार्थीहरूको रोजाइले केएमसीलाई अझ जिम्मेवार, प्रतिस्पर्धी र नतिजामुखी बनाएको छ।

विद्यालयले आधुनिक प्रविधिसहितको कक्षा सञ्चालन, अनलाइन/अफलाइन मिश्रित पठनपाठन, र सुरक्षित शैक्षिक वातावरणमा विद्यार्थीलाई भविष्यको लागि तयार पार्ने लक्ष्य लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »