केएमसी सेकेन्डरी स्कुलद्वारा कक्षा ११ का विद्यार्थीहरूका लागि सोसलाइजेसन कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ५ गते –
कोहलपुरस्थित केएमसी सेकेन्डरी स्कुलद्वारा नवप्रवेशी कक्षा ११ का छात्रछात्राहरूलाई लक्षित गरी सोसलाइजेसन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम कोहलपुर किरण नालास्थित होटल सेन्टर प्लाजामा विशेष रुपमा आयोजना गरिएको हो।

कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा ´ल` संकायमा अध्ययनरत गरी जम्मा १८३ जना छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व स्कुलका सञ्चालक तथा प्रिन्सिपल सञ्जीव बाबु पंगेनीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक गणेशप्रसाद पौडेलले गर्नुभएको हो।

कार्यक्रमको शुरुवातमा प्राध्यापक हरिप्रसाद पोखरेलले स्वागत मन्तव्य दिनुभएको थियो भने विद्यार्थी प्रतिनिधि सदिक्षा भट्टराईले नवआगन्तुक विद्यार्थीहरूको तर्फबाट स्वागत मन्तव्य दिएकी थिइन्।

प्रिन्सिपल सञ्जीव बाबु पंगेनीले कोहलपुर मोडल कलेज २०६६ सालमा स्थापना भई दुई दशकदेखि यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्मरण गराउँदै, केएमसी सेकेन्डरी स्कुलले पनि सोही परम्परा र मान्यतालाई आत्मसात गर्दै कक्षा ११ का लागि उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले नयाँ विद्यार्थीहरूबीच आपसी परिचय, समझदारी, र मित्रता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो सोसलाइजेसन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू—गीत, नृत्य, कविता वाचन तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समेत राखिएको थियो, जसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै आपसी सम्बन्ध प्रगाढ बनाउने अवसर पनि प्रदान गर्‍यो।

विद्यालय प्रशासनका अनुसार, यस्ता सहशैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउने, नेतृत्व विकास गर्ने तथा समुहमा कार्य गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने भएकाले आगामी दिनहरूमा पनि निरन्तरता दिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »