आउँदो चैत १८ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संगठन दर्ता गराएको छ।
क्याम्पस प्रशासनमा संगठन दर्ता गराउँदै नेविसंघले चुनावी तयारीको औपचारिक सुरुवात गरेको हो। संगठन दर्तासँगै क्याम्पसमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
नेविसंघका प्रतिनिधिहरूले स्ववियु निर्वाचनमार्फत विद्यार्थीहरूको हक, अधिकार र समस्याका विषयमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षाको गुणस्तर सुधार, क्याम्पस व्यवस्थापनमा पारदर्शिता र विद्यार्थी हितका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्।
चैत १८ गते हुने निर्वाचनलाई लिएर अन्य विद्यार्थी संगठनहरू पनि संगठन दर्ता प्रक्रियामा जुटिरहेका छ्न।