मैनापोखर शारदा बहुमुखी क्याम्पसमा सागर खत्री स्वबियु सभापतिमा निर्विरोध निर्वाचित

बर्दिया — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मैनापोखर शारदा बहुमुखी क्याम्पस, बढैयाताल गाउँपालिका, मैनापोखरमा विद्यार्थी प्रतिनिधि निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सागर खत्री सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।

सभापति पदमा सागर खत्री निर्विरोध निर्वाचित भएपछि क्याम्पसमा उत्साह र खुशीको माहोल देखिएको छ। विद्यार्थीहरूबीच लोकप्रिय र सक्षम नेतृत्वको रुपमा चिनिने खत्रीले आगामी कार्यकालमा स्ववियुलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने विश्वास गरिएको छ।

उहाँको निर्विरोध निर्वाचनलाई ऐतिहासिक सफलताको रूपमा लिइएको छ र उहाँलाई विभिन्न विद्यार्थी, शिक्षक तथा सामाजिक व्यक्तित्वहरूबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »