महेन्द्र क्याम्पस नेपालगन्जमा अनेरास्ववियु बाट स्वबियु अध्यक्षमा भिड्दै केशर जंग शाह

नेपालगन्ज, चैत १६ — महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा स्ववियु निर्वाचनको सरगम चुलिंदै गएको छ। यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवार टोली सार्वजनिक गरेको छ। अनेरास्ववियुले अध्यक्ष पदमा केशर जंग शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।

संगठनले “कलम हुनेछ, तारा हुनेछ, अनेरास्ववियु विद्यार्थीको साहारा हुनेछ” भन्ने नाराका साथ विद्यार्थीहरूलाई आकर्षित गर्दै व्यापक प्रचार अभियान सुरु गरेको छ।

प्रत्यक्षतर्फ उम्मेदवारहरू यस प्रकार छन्:

अध्यक्ष: केशर जंग शाह

सचिव: चिरञ्जीवी बुढा

कोषाध्यक्ष: सुरेन्द्र रावल

सदस्यहरू: अमिश विक, बन्धना थारु ,अंकित कुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव साह, शिशिर सुवेदी, गोपाल आउजी

संगठनले अनुभवी र ऊर्जाशील युवा विद्यार्थीहरूको समायोजन गर्दै सशक्त प्यानल अघि सारेको छ। अघिल्लो कार्यसमितिमा सक्रियता देखाएका व्यक्तिहरूलाई निरन्तरता दिइएको छ भने नयाँ नेतृत्वको रुपमा उदाएका अनुहारहरूलाई पनि अघि सारिएको छ।

समानुपातिकतर्फ उम्मेदवारहरू:
हेमन्त थारु, सरस्वती बुढा मगर,समिर थापा, बिबेक बुढा क्षेत्री, आदित्य मिश्र, पारस खड्का, बिना थारु, छ्त्र सुनार, दीपेन्द्र एडि लगायत रहेका छन्।

अनेरास्ववियुले क्याम्पसभित्र शैक्षिक गुणस्तरमा सुधार, विद्यार्थीका हकअधिकार संरक्षण, सुलभ शैक्षिक सेवा र सकारात्मक वातावरण निर्माणलाई प्रमुख एजेण्डा बनाउँदै आएको जनाएको छ।

पछिल्लो समय विद्यार्थीहरूको आकर्षण समेत अनेरास्ववियुप्रति बढ्दै गएको देखिन्छ। संगठनले आफ्नो उम्मेदवार टोलीप्रति भरपर्दो समर्थन जनाउन सम्पूर्ण विद्यार्थीलाई अपिल गर्दै व्यापक जनसम्पर्क अभियान सञ्चालन गरिरहेको छ।

अनेरास्ववियुका नेताहरूको भनाइका अनुसार, यसपटकको निर्वाचन परिणाम विद्यार्थी पक्षको जित मात्र नभई समग्र शैक्षिक सुधारको बाटो तय गर्ने निर्णायक मोड हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »